२० बैशाख, २०८१ बिहिबार

11:14:38 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एभर्टनका सहायक प्रशिक्षक डुनकान फर्गुसनले छाडे क्लब

Nepal Business

२१ असार, २०७९

एभर्टनका सहायक प्रशिक्षक डुनकान फर्गुसनले छाडे क्लब

काठमाण्डौं । प्रिमियर लिग क्लब एभर्टनका सहायक प्रशिक्षक डुनकान फर्गुसनले क्लब छोड्नु भएको छ । उहाँले मुख्य प्रशिक्षक बन्ने योजनासहित क्लब छाड्नु भएको हो । 

५० वर्षीय स्कटिस प्रशिक्षक दुई पटक एभर्टनको केयर टेकर प्रशिक्षक भईसक्नुभएको छ । फर्गुसन एभर्टनका पूर्व खेलाडी समेत हुनुहुन्छ । फर्गुसनले एभर्टनका लागि १९९४ देखि २००६ सम्म खेल्नुभएको थियो । 

उहाँले एभर्टनका लागि २ सय ७३ खेलका ७३ गोल गर्नुभएको थियो ।