२१ बैशाख, २०८१ शुक्रबार

10:36:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मर्जरमा जाने बीमा कम्पनीका कर्मचारीको तलब-भत्ता तथा सेवा-सुविधा नघटाउन बीमा समितिको निर्देशन

२१ असार, २०७९

यसअघि समितिले गाभ्ने। गाभिने कार्यमा संस्थाका सञ्चालक समितिका अध्यक्ष वा लेखापरीक्षण समितिका संयोजक मर्जर समितिको सदस्य हुन नपाइने व्यवस्था गरेको थियो ।

मर्जरमा जाने बीमा कम्पनीका कर्मचारीको तलब-भत्ता तथा सेवा-सुविधा नघटाउन बीमा समितिको निर्देशन

काठमाडौं । मर्जरमा जाने बीमा कम्पनीका कर्मचारीको तलब भत्ता तथा सेवा सुविधा नघट्ने भएको छ । समितिले गाभ्ने।गाभिने बीमा कम्पनीका कर्मचारीहरूलाई गाभिएर कायम हुने बीमा कम्पनीहरूमा निजहरूको साविकमा रहेको पद अनुसारको तह वा श्रेणी भन्दा कम नहुने गरी पद मिलान गर्न निर्देशन दिएको हो ।

बीमा समितिले असार ६ गते जारी गरेको परिपत्रमा थप व्यवस्था गर्दै इजाजतपत्र प्राप्त सबै बीमा कम्पनीलाई यस्तो निर्देशन दिएको हो । गाभ्ने / गाभिने संस्थाका कर्मचारीहरूको गाभिएर कायम हुने बीमकका कर्मचारीलाई कुनै मर्का नपर्ने गरी र निजहरूले साविकमा खाईपाई आएको तलब भत्ता तथा सेवा सुविधाभन्दा नघट्ने व्यवस्था गर्न समेत समितिले निर्देशन दिएको छ ।

मर्जर पश्चात बन्ने कम्पनीका कर्मचारीहरु काम गर्न इच्छुक नभए उपयुक्त सुविधा सहितको स्वेच्छिक अवकाशको योजना बनाई लागू गर्न समेत समितिले निर्देशन दिएको छ । यसअघि समितिले गाभ्ने। गाभिने कार्यमा संस्थाका सञ्चालक समितिका अध्यक्ष वा लेखापरीक्षण समितिका संयोजक मर्जर समितिको सदस्य हुन नपाइने व्यवस्था गरेको थियो ।