८ जेठ, २०८१ मंगलबार

10:40:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्रोत नखुलेको १४ लाख ५० हजार नेपाली रकमसहित, एक युवक पक्राउ

Nepal Business

२५ पुस, २०७८

स्रोत नखुलेको १४ लाख ५० हजार नेपाली रकमसहित, एक युवक पक्राउ

रौतहट
सशस्त्र प्रहरीले रौतहटको इशनाथ नगरपालिका–२ औरैया महनोहरा गेटबाट आज स्रोत नखुलेको रु १४ लाख ५० हजार नेपाली नोटसहित एक भारतीय युवकलाई नियन्त्रणमा लिएको छ । भारतबाट नेपाल भित्रिएको बीआर ०५ एजी ८०५६ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रमममा मोटरसाइकल चालक भारत बिहार पूर्वी चम्पारण तेलहराकला–७ का ३९ वर्षीय सञ्जयकुमार जैसवालको साथबाट अवैध रकम बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल ११ नं गण हेडक्वार्टर रौतहटले जनाएको छ । विशेष सूचनाको आधारमा ११ नं गण हेडक्वार्टर रौतहट र प्रदेश नं २ बाहिनीबाट खटिएको सशस्त्र प्रहरीको संयुक्त टोलीले अवैध रकमसहित जैसवाललाई नियन्त्रणमा लिएको जनाइएको छ । जैसवाललाई मोटरसाइकल तथा शरीरको खुट्टा, पेटलगायत स्थानमा लुकाएर ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको रकम फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद भएको रकम, मोटरसाइकल तथा मानिसलाई आवश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।