७ मंसिर, २०८१ शुक्रबार

10:33:44 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सोमबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए

२० असार, २०७९

सोमबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार सामान्य अकंले घटेको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.७५ अकंले घटेर २०७६.६७ बिन्दुमा बन्द भएको हो । सोमबार २ कम्पनीको सेयरमा सर्किट लागेको छ । सोमबार सिवाईसी नेपाल लघुवित्त र ङादी ग्रुप पावरको सेयरमा सर्किट लागेको हो । साथै, सामलिङ पावरको ७.७० प्रतिशत, साल्ट ट्रेडिङ कर्पोरेशनको ६.८५ प्रतिशत र विशाल बजारको ६.६७ प्रतिशतले सेयर बढेको हो ।

त्यस्तै, सोमबार सर्वाधिक गुमाउनेमा ग्लोबल आइएमई बैंक डिबेञ्चर रहेको छ । सोमबार यस कम्पनीको ९.७५ प्रतिशतले सेयर घटेको हो । साथै, यूनियन हाइड्रोपावरको ६.१८ प्रतिशत, ग्रीनलाइफ हाइड्रोपावर ६.०४ प्रतिशत, मैलुङखोला खोला जलविद्युतको ५.९३ प्रतिशत र समीट लघुवित्तको ५.९१ प्रतिशतले सेयर घटेको हो ।