७ मंसिर, २०८१ शुक्रबार

10:38:23 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

४ अर्बमाथिको कारोबार हुँदा सोमबार यी कम्पनीको भयो सर्वाधिक खरिदबिक्री

२० असार, २०७९

४ अर्बमाथिको कारोबार हुँदा सोमबार यी कम्पनीको भयो सर्वाधिक खरिदबिक्री

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयरबजारझिनो अंकले घटेको छ ।सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.७५ अकंले घटेर २०७६.६७ बिन्दुमा बन्द भएको छ । अघिल्लो दिन आइतबार नेप्से परिसूचक ५७.६१ बिन्दुले बढेर २०८६.३८ बिन्दुमा बन्द भएको थियो । सोमबार २३४ कम्पनीको १ करोड ९ लाख ८१ हजार ५९१ कित्ता शेयर किनबेच हुुँदा ४ अर्ब ३४ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।

उक्त रकम बराबरको कारोबार हुँदा सोमबार शिवम् सिमेन्टको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको यसदिन १७ करोड ५८ लाख रुपैयाँ भन्दा बढी कारोबार भएको हो ।

त्यस्तै, सोमबार हिमालयन डिस्टिलरीको १६ करोड ९० लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सको १२ करोड ९६ लाख, अरुण काबेली पावरको ११ करोड ७८ लाख र अपर तामाकोशीको ११ करोड ६७ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।