७ मंसिर, २०८१ शुक्रबार

10:50:44 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा झिनो अंकको गिरावट, कारोबार रकम ४ अर्ब पुग्यो

Nepal Business

२० असार, २०७९

नेप्सेमा ४ अर्ब ३४ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार

सेयर बजारमा झिनो अंकको गिरावट, कारोबार रकम ४ अर्ब पुग्यो

काठमाण्डौं । साताको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ । कारोबारको सुरुवातदेखि नै उच्च अंकले बढिरहेको नेप्से अन्ततः सामान्य अंकले घटेर बन्द भएको हो । 

नेपाल स्टक एक्सचेञ्ज नेप्सेका अनुसार सेयर बजार ९.७५ अंकले घटेर नेप्से परिसूचक २ हजार ७६.६७ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार भने सेयर बजार ५७.६१ अंकले बढेर २ हजार ८६.३८ विन्दुमा पुगेर बन्द भएको थियो । 

आज सेयर बजार घटे पनि कारोबार भने निकै बढेको छ । नेप्सेमा ४ अर्ब ३४ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार एक दुई ४८ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।    

यस्तै कारोबार भएका ७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ११६ कम्पनीको सेयर मूल्य घटेको छ । यसमध्ये दुई कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ ।

सिवाईसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १४०३.६० रुपैयाँ पुगेको छ भने ङादी ग्रुप पावरको शेयरमूल्य आज ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता २८९.९० रुपैयाँ पुगेको छ। 

कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज १७ करोड ९८ लाख भन्दा बढीको कारोबार भएको छ ।