७ मंसिर, २०८१ शुक्रबार

10:45:34 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुपर मादी हाइड्रोपावरले आईपीओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा दियो निवेदन

२० असार, २०७९

सुपर मादी हाइड्रोपावरले आईपीओ निष्काशनको अनुमति माग्दै  धितोपत्र बोर्डमा दियो निवेदन

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ। हाइड्रोपावर कम्पनीले स्थानीय र सर्वसाधारणका लागि ३१ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा  निवेदन दिएको हो ।

धितोपत्र बोर्डले अनुमति दिएमा उक्त कम्पनीले १०० अंकित दरका कुल ३१ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने छ । सुपर मादीको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।