२१ बैशाख, २०८१ शुक्रबार

01:06:19 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मर्जरमा जाने प्रस्ताव पारित गर्दै रिलायन्स लाइफको विशेष साधारण सभा सम्पन्न

२० असार, २०७९

मर्जरमा जाने प्रस्ताव पारित गर्दै रिलायन्स लाइफको विशेष साधारण सभा सम्पन्न

काठमाडौं। रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । उक्त सभा आज (असार २० गते सोमबार) काठमाडौंको शंखमुलस्थित अनमोल बैंक्वेटमा सम्पन्न भएको हो ।

सभाले कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँबाट बृद्धि गरी ५ अर्ब रुपैयाँ हुने गरी प्रस्ताव पारित गरेको छ । उक्त सभाले पुँजी वृद्धिपछि सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भएबमोजिम संशोधन गरी कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायबाट कुनै फेरबदल वा सुझाव भएमा सो सुझावबमोजिम आवश्यक फेरबदल गर्ने अख्तियारी सञ्चालक समितिलाई वा समितिले तोकेको व्यक्तिलाई दिने प्रस्तावित समेत पारित गरेको छ ।

साथै सो सभाबाट अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्न, गाभिन वा प्राप्ति गर्न आवश्यक भएको अवस्थामा सोसम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित भएको छ ।