२१ बैशाख, २०८१ शुक्रबार

06:35:58 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सानिमा लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२० असार, २०७९

आर्थिक वर्ष २०७७।७८ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको गर्ने प्रस्ताव पारित गरेको छ ।

सानिमा लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । इन्स्योरेन्स कम्पनीको उक्त सभा आज (असार २० गते सोमबार) स्मार्ट दरबार ब्याङ्क्वेट, धुम्बाराही, काठमाडौँमा सम्पन्न भएको हो ।

 उक्त सभाले गत आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ४.२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२२ प्रतिशत नगद गरी कुल ४.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने अघिल्लो आर्थिक वर्ष ०७६।७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू हिसाब, नगद प्रवाह, नाफा नोक्सान लगायतका वित्तीय सूचकहरु छलफल गरी पारित गरेको छ ।

साथै आर्थिक वर्ष २०७७।७८ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको गर्ने प्रस्ताव पारित गरेको छ । सभाले संचालक समितिमा सर्वसाधारणको तर्फबाट प्रतिनिधित्व गर्ने केशब राज केसी र शिबहरि घिमिरे दुई जना संचालक निर्विरोध निर्वाचित गरेको छ ।