२१ बैशाख, २०८१ शुक्रबार

10:21:06 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिटिजन लाइफ इन्स्योरेन्सले डाक्योे विशेष साधारण सभा, यस्ता छन् एजेन्डा

२० असार, २०७९

सिटिजन लाइफ इन्स्योरेन्सले डाक्योे विशेष साधारण सभा, यस्ता छन् एजेन्डा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा डोकेको छ। असार १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको विशेष साधारण सभा साउन ६ गते होटल हिमालय, कुपण्डोल, ललितपुरमा दिउँसो ३ बजेदेखि सुरू हुनेछ ।

सभाले नियामक निकायले तोकेबमोजिम कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। यसका लागि अन्य कुनै जीवन बीमा कम्पनीसँग आपसमा गाभ्ने, गाभिने र प्रापित प्रयोजनका लागि गर्नुपर्ने आवश्यक सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। साथै सभाले सञ्चालक समिति सदस्यहरूको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।