७ मंसिर, २०८१ शुक्रबार

10:33:32 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हिमालयन हाइड्रोपावरको आईपीओमा कति पर्यो आवेदन ?

२० असार, २०७९

हिमालयन हाइड्रोपावरको आईपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गतेदेखि असार १९ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा अन्तिम दिनसम्म मागभन्दा १०.०६ गुणा बढी आवेदन परेको छ ।

सीडीएसका अनुसार कम्पनीको आईपीओमा आइतबार साँझसम्म १६ लाख २६ हजार ३ सय ४० जना लगानीकर्ताहरूले १ अर्ब ८४ करोड १९ लाख ९८ हजार रूपैयाँ बराबरको १ करोड ८४ लाख १९ हजार ९ सय ८० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १९ लाख ६८ हजार २५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई लिमिटेड रहेको थियो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको हुनाले सेयर पाउन भाग्यमा नै भर पर्नुपर्ने देखिन्छ ।