७ मंसिर, २०८१ शुक्रबार

10:18:53 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा ङादी ग्रुपको सेयरमूल्य समायोजन

२० असार, २०७९

नेप्सेमा ङादी ग्रुपको सेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ङादी ग्रुप पावरको सेयरमूल्य समायोजन भएको छ। कम्पनीले हकप्रद निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले कम्पनीको १५० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको सेयरमूल्य २६३ रुपैयाँ ६० पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिन आइतबारको अन्तिम कारोबार मूल्य ५ सय ९ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले १५० प्रतिशत अर्थात १ एक कित्ता बराबर १।५ अनुपातमा एक अर्ब ६ करोड ३ लाख ९८ हजार ६०० रुपैयाँ बराबरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता ुसेयर निष्काशन गर्न लागेको हो।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ रहेको छ। त्यसको १५० प्रतिशत हकप्रद निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँ पुग्नेछ।