७ मंसिर, २०८१ शुक्रबार
10:39:22 PM
१९ असार, २०७९
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप ३ कम्पनीलाई संस्थागत लगानीकर्ताको रूपमा काम गर्न स्वीकृति प्रदान गरेको छ । यो सँगै संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न योग्य कम्पनीको संख्या १०९ पुगेको छ । स्वीकृति पाउने कम्पनीहरूमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएमबि सरल बचत फण्ड –इ रहेका छन् ।