७ मंसिर, २०८१ शुक्रबार

10:18:44 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

‘ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१’ बिक्री हुँदै, कहिले खुल्छ आवेदन ?

Nepal Business

१९ असार, २०७९

‘ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१’  बिक्री हुँदै,  कहिले खुल्छ आवेदन ?

काठमाण्डौं । ग्लोबल आइएमई म्युचुअल फन्ड अन्तर्गतको ‘ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१’ को इकाइ बिक्री खुल्ने भएको छ ।  ‘ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१’ को इकाइ बिक्री असार २२ बाट खुल्ने भएको हो । 

यो म्युचुअल फन्डले १२ करोड इकाइ बिक्रीमा ल्याउने भएको हो। उक्त इकाइमध्ये योजना व्यवस्थापक कम्पनीलाई १.५ प्रतिशत हुने १८ लाख कित्ता र कोष प्रवर्द्धकका लागि १३.५० प्रतिशतले हुने १ करोड ६२ लाख कित्ता छुट्याइएको छ । त्यसपछि बाँकी रहने १० करोड २० लाख कित्ता सर्वसाधरणलाई बिक्री गरिने फन्डले जनाएको छ। 

यो म्युचुअल फन्डको योजना व्यवस्थापकमा ग्लोबल आइएमई क्यापिटल छ भने कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंक छ। अवधि १० वर्ष रहेको यो म्युचुअल फन्ड बन्दमुखी योजना हो। इकाइ बिक्री असार २२ बाट छिटोमा २६ गते र ढिलोमा साउन ४ गतेसम्म खुला रहने छ। 

यो सामुहिक लगानी कोषमा न्युनतम १०० इकाइ तथा अधिकतम १ करोड २० लाख इकाइसम्मका लागि आवेदन दिन सकिन्छ। यसको कोषमा अंकित मूल्य प्रति इकाइ १० रुपैयाँका दरले बिक्री गरिने छ। 

आवेदन आवेदन फारम सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट प्राप्त गर्न तथा बुझाउन सकिन्छ।