२९ बैशाख, २०८१ शनिबार

01:18:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आइएमई जनरल इन्स्योरेन्स र ग्यालेक्सी स्पेसल्टी क्लिनिक प्रालिबीच छुट सम्बन्धी सम्झौता

Nepal Business

१९ असार, २०७९

आइएमई जनरल इन्स्योरेन्स र ग्यालेक्सी स्पेसल्टी क्लिनिक प्रालिबीच छुट सम्बन्धी सम्झौता

काठमाण्डौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्यालेक्सी स्पेसल्टी क्लिनिक प्रालिबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ। 

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र ग्यालेक्सी स्पेसल्टी क्लिनिकका प्रबन्ध निर्देशक शिवराज केसीले हस्ताक्षर गर्नुभएको हो । 

सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले ग्यालेक्सी स्पेसल्टी क्लिनिकसँग आबद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकलाई आवश्यक पर्ने निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्सबाट सहज रुपमा प्राप्त गर्न सक्ने बताउनुभयो ।

सो सम्झौता अनुसार आइएमई जनरल इन्स्योरेन्सका कर्मचारी, सेयरधनी तथा ग्राहकलाई काठमाण्डौंको महाराजगन्जस्थित ग्यालेक्सी स्पेसल्टी क्लिनिकमा प्राप्त हुने सेवाहरु एक्सरे, यूएसजी, ईसीजी, इकोलगायतका सेवामा १० प्रतिशतसम्म र ओपीडी सेवामा २५ प्रतिशतसम्मको छुट प्राप्त हुनेछ ।

यसले आइएमई जनरल इन्स्योरेन्सका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकले आवश्यकताअनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।