१० मंसिर, २०८१ सोमबार

11:10:13 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कहिलेसम्म कायम सेयरधनीले पाउँछन् बरुण हाइड्रोको हकप्रद सेयरमा आवेदन दिन ?

१९ असार, २०७९

कम्पनीले हाल कायम चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १ः१ अनुपातमा अर्थात् शतप्रतिशतले हुन् आउने २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।

कहिलेसम्म कायम सेयरधनीले पाउँछन् बरुण हाइड्रोको हकप्रद  सेयरमा आवेदन दिन ?

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि साउन २ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।

साउन १ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् । कम्पनीले  हाल कायम चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १ः१ अनुपातमा अर्थात् शतप्रतिशतले हुन् आउने २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्डले असार १५ गते बुधबार कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति दिएको हो । हकप्रद सेयर निष्काशनको लागि आरबिबि मर्चेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ ।