३० बैशाख, २०८१ आइतबार

07:05:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

महालक्ष्मी लाइफको ३३ लाख कित्ता सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

१९ असार, २०७९

उक्त सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।

महालक्ष्मी लाइफको ३३ लाख कित्ता सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले केही संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३२ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणमा विक्री गर्ने भएको हो ।

कम्पनीको उक्त सेयरमा आज (असार १९ गते आइतबार) देखि असार २४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । कम्पनीले यसअघि संस्थापकहरूबाट थप ५० प्रतिशत सेयर जेठ ११ गतेदेखि असार १९ गतेसम्म र पुनः असार १० गतेदेखि १६ गतेसम्म खरीदका लागि आवेदन माग गरेकोमा उल्लेखित कित्ता सेयरमा भने आवेदन नपरेपछि सर्वसाधारणमा जारी गरिएको कम्पनीले जनाएको छ ।

उक्त सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । आवेदकहरूले न्यूनतम १० हजार कित्तादेखि अधिकतम ३१ लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र असार २६ गते अपरान्ह ४ बजे कम्पनीको प्रधान कार्यालय कमलपोखरी, काठमाडौंमा खोलिने कम्पनीले जनाएको छ ।