७ मंसिर, २०८१ शुक्रबार

11:06:13 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

१९ असार, २०७९

हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज (आइतबार) अन्तिम दिन रहेको छ । कम्पनीले असार १५ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आइतबार अन्तिम दिन हो ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १९ लाख ६८ हजार २५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई लिमिटेड रहेको छ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

इक्रा नेपालले आईपीओ कम्पनीको आईपीओलाई  ‘इक्राएनपी आईआर बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। ।