७ मंसिर, २०८१ शुक्रबार
10:46:50 PM
१८ असार, २०७९
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा असार महिनामा मात्रै विभिन्न ११ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएका छन् । जसमा ५ वटा इन्स्योरेन्स कम्पनी, ३ वटा लघुवित्त कम्पनी, २ वटा फाइनान्स कम्पनी र एक हाइड्रोपावर कम्पनी रहेको छ । असार महिना नेप्सेमा सूचीकृत भएका कम्पनीहरु निम्न रहेका छन्ः
१.नेपाल पुनर्बीमा कम्पनी लिमिटेड
नेप्सेमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको १६.५० प्रतिशत बोनस सेयर बापतको १ करोड ६५ लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो । नेपाल रिइन्स्योरेन्सले गत आर्थिक बर्ष २०७६।७७ को नाफाबाट कायम चुक्ता पूजीको १६.५० प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद गरी कूल १९ प्रतिशत लाभांश वितरण गरेको थियो ।
२. सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड
नेप्सेमा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बापतको १६ लाख ८० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
३. प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड
नेप्सेमा प्रभु इन्स्योरेन्स लिमिटेडको ११ प्रतिशत बोनस सेयर बापतको १२ लाख ७८ हजार ९२.५६ कित्ता सेयर सूचीकृत भएको हो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७।०७८ को नाफाबाट चुक्तापूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५८ प्रतिशत नगद गरी कूल ११.५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
४. एनएलजी इन्यारेन्स कम्पनी लिमिटेड
एनएलजी इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनस सेयर बापतको १२ लाख ६ हजार १३.०५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक बर्ष २०७७।७८ को नाफाबाट कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
५. एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड
नेप्सेमा एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको ६ प्रतिशत बोनस बापतको ७ लाख १० हजार एक सय ६२ दशमलव ६४ कित्ता सेयर सूचिकृत भएको हो ।
६. जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड
नेप्सेमा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ७० प्रतिशत बोनस सेयर बापतको ४२ लाख ५८ हजार ८०० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
७. समीट लघुवित्त वित्तीय संस्था लिमिटेड
नेप्सेमा समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको २५.२८५४ प्रतिशत बोनस बापतको ९ लाख ९७ हजार कित्ता सेयर सूचिकृत भएको हो ।
८. जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस बापतको २ लाख ९५ हजार ८ सय १२ कित्ता सेयर सूचिकृत भएको हो ।
९. प्रोगेसिभ फाइनान्स लिमिटेड
नेप्सेमा प्रोगेसिभ फाइनान्स लिमिटेडको ६ प्रतिशत बोनस सेयर बापतको ४ लाख ८० हजार ६० कित्ता सेयर सूचीकृत भएको हो । फाइनान्स कम्पनीले गत आर्थिक वर्ष २०७७।०७८ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थका लागि ०.३१५७ प्रतिशत नगद गरी कूल ६.३१५७ प्रतिशत लाभांश वितरण गरेको थियो ।
१०.जानकी फाइनान्स कम्पनी लिमिटेड
जानकी फाइनान्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस सेयर बापतको ९ लाख ६१७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको २०७७।०७८ को नाफाबाट कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
११. नेशनल हाइड्रो पावर कम्पनी लिमिटेड
नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको १८।५२५ प्रतिशत बोनस सेयर बापतको २५ लाख ६६ हजार ५७.४३५५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक बर्ष २०७७।०७८ को नाफाबाट कायम चुक्ता पूँजीको १८.५२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.९७५ प्रतिशत नगद गरी कूल १९.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।