११ मंसिर, २०८१ मंगलबार
05:32:46 PM
१७ असार, २०७९
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र ज्यापु समाज यलबीच बीमा सचेतना सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा अजोडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र ज्यापु समाज यलका अध्यक्ष तिर्थलाल महर्जन हस्ताक्षर गर्नुभएको छ ।
समझदारी पश्चात इन्स्योरेन्सले ज्यापु समाज यल र सो संस्थासंग आवद्ध उद्योगी ब्यवसायी सदस्यहरुको निर्जिवन बीमा सम्वन्धि कार्य गर्न र बीमा सचेतना, बीमा जागरण तथा बीमा शिक्षा सञ्चालन गर्ने छ । सो अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका कर्मचारीहरुको र ज्यापु समाज यलका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।