७ मंसिर, २०८१ शुक्रबार

11:09:42 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हिमालयन हाइड्रोपावरको आईपीओमा १ करोड १३ लाख ७७ हजार बढी कित्ताका लागि पर्यो आवेदन

१७ असार, २०७९

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार २ बजेसम्ममा ९ लाख ८९ हजार ६३८ आवेदकबाट एक अर्ब १३ करोड ७७ लाख ३७ हजार रुपैयाँ बराबरको १ करोड १३ लाख ७७ हजार ३७० कित्ता सेयरका लागि आवेदन परेको छ ।

हिमालयन हाइड्रोपावरको आईपीओमा १ करोड १३ लाख ७७ हजार बढी कित्ताका लागि पर्यो आवेदन

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओमा ९ लाख बढी आवेदन परेको छ । कम्पनीले असार १५ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरिरहेको छ । 

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार २ बजेसम्ममा ९ लाख ८९ हजार ६३८ आवेदकबाट एक अर्ब १३ करोड ७७ लाख ३७ हजार रुपैयाँ बराबरको १ करोड १३ लाख ७७ हजार ३७० कित्ता सेयरका लागि आवेदन परेको छ । 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १९ लाख ६८ हजार २५० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । 

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि असार १९ गतेसम्म आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

इक्रा नेपालले आईपीओ कम्पनीको आईपीओलाई  ‘इक्राएनपी आईआर बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। ।