२१ साउन, २०८२ मंगलबार
03:43:52 AM
१७ असार, २०७९
काठमाडौं । इङ्वा हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १८ करोड रूपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गर्न हिजो (असार १६ गते बिहीबार) धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।