७ मंसिर, २०८१ शुक्रबार

11:07:32 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शुक्रबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

१७ असार, २०७९

शुक्रबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । शुक्रबार सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । शुक्रबार सेयर बजार ८.८७ अंकले घट्न पुगेको छ । यसदिन २२१ कम्पनीको ३६ करोड ६३ लाख २२० कित्ता सेयर खरिदबिक्री हुँँदा १ अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ रुपैयाँको कारोबार भएको छ । 

सो रकम बराबरको कारोबार हुँदा शुक्रबार शिवम् सिमेन्टको सर्वाधिक  कारोबार भएको छ । कम्पनीको ५ करोड ५७ लाख रुपैयाँ माथिको कारोबार भएको हो ।

त्यस्तै, शुक्रबार एशियन लाइफको ५ करोड २२ लाख, नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ९० लाख, हिमालयन डिस्टिलरीको ४ करोड ६२ लाख रुपैयाँ र एनआइसी एशिया बैंकको ४ करोड ५१ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।