७ मंसिर, २०८१ शुक्रबार

10:43:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

८.८७ अंकले घट्यो सेयर बजार, १ अर्ब ४५ करोडको कारोबार

१७ असार, २०७९

आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

८.८७ अंकले घट्यो सेयर बजार, १ अर्ब ४५ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेप्से ओरालो लागेको छ । लगातार २ दिनदेखि बढिरहेको सेयर बजारमा आज (शुक्रबार) भने घटेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (शुक्रबार) सेयर कारोबार मापक नेप्से परिसूचक ८.८७ अंकले घटेर २०२८.७७ विन्दुमा आएको छ । नेप्से ०.४४ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.१७ अंकले घटेर ३८८.६२ विन्दुमा पुगेको छ । 

यसदिन २२० वटा कम्पनीको ३६ लाख ६३ हजार एक सय १० कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४५ करोड ९३ लाख एक हजार ३ सय ८८ रूपैयाँ बराबरको कारोबार भएको छ ।

शुक्रबार कारोबार भएका कूल १३ उपसमूहमध्ये ३ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी १० वटा उपसमूहको सेयर घटेको छ । शुक्रबार शिवम् सिमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यसदिन ५ करोड ५७ लाख ४७ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।


शुक्रबार लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । यस दिन स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ ।