७ मंसिर, २०८१ शुक्रबार
10:22:44 PM
१७ असार, २०७९
नेप्सेमा लघुवित्त कम्पनीको ७० प्रतिशत बोनस सेयर बापतको ४२ लाख ५८ हजार ८०० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (शुक्रबार) एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा शुक्रबार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा लघुवित्त कम्पनीको ७० प्रतिशत बोनस सेयर बापतको ४२ लाख ५८ हजार ८०० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
संस्थाको चैत्र २५ गते शुक्रबार सम्पन्न भएको वार्षिक साधारण सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७७/०७८ को वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजीको ७० प्रतिशतले हुन आउने बोनस र ३.६८ प्रतिशत नगद लाभांश गरि कूल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।