७ मंसिर, २०८१ शुक्रबार
10:56:56 PM
१७ असार, २०७९
सीडीएसका अनुसार कम्पनीको आईपीओमा आज (शुक्रबार) बिहान १० बजेरसम्म ९ लाख ३ हजार २ सय २७ जन लगानीकर्ताहरूले १ अर्ब ४ करोड ५ लाख ८ हजार रूपैयाँ बराबरको १ करोड ४ लाख ५ हजार ८० कित्ताका लागि आवेदन दिएका छन् ।
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओमा हालसम्म १ अर्ब ४ करोड ५ लाख ८ हजार रूपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले असार १५ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरिरहेको छ ।
सीडीएसका अनुसार कम्पनीको आईपीओमा आज (शुक्रबार) बिहान १० बजेरसम्म ९ लाख ३ हजार २ सय २७ जन लगानीकर्ताहरूले १ अर्ब ४ करोड ५ लाख ८ हजार रूपैयाँ बराबरको १ करोड ४ लाख ५ हजार ८० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १९ लाख ६८ हजार २५० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि असार १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।
इक्रा नेपालले आईपीओ कम्पनीको आईपीओलाई ‘इक्राएनपी आईआर बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। ।