२० बैशाख, २०८१ बिहिबार

12:48:53 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा सिनियर डीसीओ नियुक्त

२५ पुस, २०७८

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा सिनियर डीसीओ नियुक्त

काठमाण्डौं
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीओ)मा प्रवीण रमण पराजुली नियुक्त हुनु भएको छ। उहाँले पुस २५ गते आइतबारबाट सिनियर डीसीओको कार्यभार सम्हाल्नु भएको हो ।

पराजुलीले संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै कम्पनीलाई हरेक क्षेत्रमा अब्बल सावित गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँले यस जिम्मेवारीलाई अवसर र चुनौतीको रूपमा लिएको बताउनु भयो । पराजुलीले  नेपाल लाइफको छवीलाई हरेक सूचकांकमा अझ बलियो बनाउनुपर्ने चुनौती रहेको र यसलाई समयसापेक्ष सम्बोधन गर्दै जाने आश्वासन पनि दिनुभयो   

डीसीओ पराजुलीसँग यस अघि रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत भएर काम गरेको अनुभव छ ।