७ मंसिर, २०८१ शुक्रबार
10:32:16 PM
१७ असार, २०७९
लगानीहरूको माग पुरा गर्न बनेको कार्यन्वयन समितिको पहिलो बैठकले एओएन सम्बन्धी व्यवस्था हटाउने निर्णय गरेको थियो ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिक्री तर्फको एओएन सम्बन्धी व्यवस्था हटाएको छ । नेप्सेले असार १९ गते आइतबारदेखि लागू हुने गरी एओएन सम्बन्धी व्यवस्था हटाउने निर्णय गरेको हो ।
नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार एओएन सुविधा हटाउने निर्णय गरिएको नेप्सेले जनाएको छ। नेप्सेले यसअघि नै खरिदतर्फको एओएन सुविधा हटाइसकेको छ। योसँगै खरिद र बिक्री दुवैतर्फको एओएन सविधा हट्ने भएको छ।
लगानीहरूको माग पुरा गर्न बनेको कार्यन्वयन समितिको पहिलो बैठकले एओएन सम्बन्धी व्यवस्था हटाउने निर्णय गरेको थियो ।