२९ बैशाख, २०८१ शनिबार

01:35:36 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

निर्जीवन बीमा कम्पनीले संकलन गरे ३४ अर्ब १५ करोड बीमाशुल्क, सबैभन्दा धेरै आर्जन गर्नेमा शिखर इन्स्योरेन्स

१६ असार, २०७९

यस अवधिमा कम्पनीहरुको बीमाशुल्क आर्जन २ अर्ब ९६ करोड १७ लाख रुपैयाँले बढेको हो । यी कम्पनीहरूले गत बैशाखसम्ममा ३१ अर्ब १९ करोड ७१ रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।

निर्जीवन बीमा कम्पनीले संकलन गरे ३४ अर्ब १५ करोड बीमाशुल्क, सबैभन्दा धेरै आर्जन गर्नेमा शिखर इन्स्योरेन्स

काठमाडौं । चालू आर्थिक वर्षको जेठ महिनासम्ममा २० वटा निर्जीवन बीमा कम्पनीले  ३४ अर्ब रूपैयाँ भन्दा धेरै बीमाशुल्क संकलन गरेका छन् ।

बीमा समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठ मसान्तसम्ममा सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीहरूले ३४ अर्ब १५ करोड ८८ लाख २१ हजार रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार गत बैशाख महिनासम्मको तुलनामा जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूको कुल बीमा शुल्क आर्जन बढेको छ । 

यस अवधिमा कम्पनीहरुको बीमाशुल्क आर्जन २ अर्ब ९६ करोड १७ लाख रुपैयाँले बढेको हो । यी कम्पनीहरूले गत बैशाखसम्ममा ३१ अर्ब १९ करोड ७१ रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए । 

समितिका अनुसार निर्जीवन बीमा कम्पनीहरुले जेठ महिनामा २ अर्ब ९६ करोढ १६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत बैशाखको तुलनामा जेठ महिनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ४३ करोड ७१ लाख रुपैयाँले बढेको छ । चालू आवको वैशाख महिनामा यी कम्पनीहरूको कुल बीमा शुल्क आर्जन २ अर्ब ५२ करोड ४५ लाख पुगेको रहेको थियो । 

यस अवधिसम्ममा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।शिखर इन्स्योरेन्स कम्पनीले ४ अर्ब ४० करोड ६३ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छ । त्यसैगरी सर्वाधिक कुल बीमाशुल्क आर्जन गर्ने दोस्रोमा सगरमाथा इन्स्योरेन्स रहेको छ । यो कम्पनीले जेठमा २ अर्ब ७९ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । 

नेको इन्स्योरेन्सले २ अर्ब ६१ करोड २८ लाख रूपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले २ अर्ब २४ करोड ५३ लाख रूपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब १० करोड ४९ लाख रूपैयाँ, प्रिमियर इन्स्योरेन्सले १ अर्ब ९२ करोड ७९ लाख रूपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ७० करोड रूपैयार आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब ५३ करोड ७२ लाख रूपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । 

त्यस्तै, हिमालयन जनरलले १ अर्ब ८७ करोड ८४ लाख रूपैयाँ, अजोड इन्स्योरेन्सले १ अर्ब ४४ करोड ४५ लाख रूपैयाँ, यूनाइटेड इन्स्योरेन्सले १ अर्ब ३६ करोड ५४ लाख रूपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ४० करोड ६५ लाख रूपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले १ अर्ब ३८ करोड ४५ लाख रूपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब २७ करोड ८५ लाख रूपैयाँ, ओरिएण्टल इन्स्योरेन्सले १ अर्ब २२ करोड २२ लाख रूपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब २० करोड ४८ लाख रूपैयाँ र एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ११ करोड १० लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

त्यस्तैगरी, जनरल इनस्योरेन्सले ८१ करोड ७८ लाख रूपैयाँ, सानिमा जनरलले ९० करोड ६८ लाख रूपैयाँ र नेशनल इन्स्योरेन्सले ८० करोड १५ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।