७ मंसिर, २०८१ शुक्रबार

10:18:03 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लगानीकर्ताहरुमा उत्साह थपिदै, बिहिबार ७४.९३ अंकले सेयरबजारमा बढ्दा २ अर्ब ४५ करोडको कारोबार

१६ असार, २०७९

लगानीकर्ताहरुमा उत्साह थपिदै, बिहिबार ७४.९३ अंकले सेयरबजारमा बढ्दा २ अर्ब ४५ करोडको कारोबार

काठमाडौं । साताको पाचौँ कारोबारको दिन बिहिबार पनि सेयरबजारमा हरियाली छाएको छ । दुई दिनयता सेयरबजारमा हरियाली छाउदा लगानीकर्ताहरुमा उत्साह थपिएको छ । बिहीबार नेप्से ७४.९३ अंकले बढेर दुई हजार ३७ दशमलब ६४ विन्दुमा पुगेको हो । हिजो (बुधबार) पनि नेप्से ४१.३९ अंकले बढेर एक हजार ९ सय ६२ दशमलब ७१ विन्दुमा पुगेर बन्द भएको थियो ।   

त्यस्तै, बिहीबार कारोबार रकममा पनि वृद्धि भएको छ । यसदिन नेप्सेमा २ अर्ब ४५ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबारकारोबार भएका १८१ कम्पनीको सेयरमूल्य बढेको छ भने ९ कम्पनीको सेयरमूल्य घटेको छ । 

यसदिन नेपाल फाइनान्स, मैलुङ खोला जलविद्युत कम्पनी र न्यादी हाइड्रोपावर लिमिटेडको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको सेयरमूल्य बिहीबार १० प्रतिशतले बढेको छ । 

त्यस्तै, बिहीबार आँधिखोला लघुवित्त वित्तीय संस्था, सिवाईसी लघुवित्त वित्तीय संस्था, सुर्योदल लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, रिलायन्स फाइनान्स, पञ्चकन्यामाई हाइड्रोपावर कम्पनी, नेपाल रिइन्स्योरेन्स कम्पनी, पाँचथर पावर कम्पनी, कालिका पावर कम्पनी, मितेरी डेभलपमेन्ट बैंक र सेन्ट्रल फाइनान्स कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको सेयरमूल्य बिहीबार ९ प्रतिशत भन्दा बढीले बढेको छ ।  

बिहीबार ग्लोबल आईएमई बैंक डिभेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसदिन कम्पनीको सेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा बिहीबार शिवम् सिमेन्टको सबैभन्दा बढी भएको छ ।