७ मंसिर, २०८१ शुक्रबार

10:57:39 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शिवम् सिमेन्टसहित बिहिबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

१६ असार, २०७९

शिवम् सिमेन्टसहित बिहिबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पाचौँ कारोेबारको दिन बिहिबार पनि सेयरबजारमा हरियाली छाएको छ । दुईदिनयता सेयरबजारमा हरियाली छाउदा लगानीकर्ताहरु हर्षित भएका छन् ।  बिहीबार नेप्से परिसूचक ७४ अंकले बढ्दा लगानीकर्ताहरुमा उत्साह थपिएको हो ।

बिहीबार २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता किनबेच हुँदा २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९४ रुपैयाँको कारोबार भएको छ ।

२ अर्बमाथिको कारोबार हुँदा बिहीबार शिवम् सिमेन्ट्सको सर्वाधिक ९ करोड ९५ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

त्यस्तै, बिहीबार हिमालयन डिस्टिलरीको ७ करोड ९७ लाख, एशियन लाइफको ५ करोड ९९ लाख, अरुण काबेली पावरको ५ करोड ८३ लाख र लाइफ इन्स्योरेन्स कर्पोरेशनको ५ करोड ६९ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।