१८ बैशाख, २०८१ मंगलबार

01:55:19 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

साताको पहिलो दिन नै सेयर बजारमा हरियाली, ७३.०१ अंकले बढ्यो

२५ पुस, २०७८

साताको पहिलो दिन नै सेयर बजारमा हरियाली, ७३.०१ अंकले बढ्यो

काठमाण्डौं
काठमाण्डौं–साताको पहिलो दिनै सेयर बजारमा हरियाली छाएको छ । आइतबार सेयर बजार दोहोर अंकले उकालो लागेको छ । ७३.०१ अंकले सेयर बजार उकालो लाग्दा नेप्से परिसूचक २ हजार ७ सय ६५.४७ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । सेयर बजार २.७१ प्रतिशतले उकालो लाग्दा नेप्से परिसूचक  २ हजार ७ सय ६५.४७ विन्दुमा पुगेको हो । 

आज कारोबार रकम पनि बढेको छ । १ करोड ५० लाख ५८ हजार ६ सय २१ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १० करोड १८ लाख ३१ ह्जार ५ सय ९१ रुपेयाँमा कारोबार भएको छ। 

बैंकिङ उपसमुह १.९१ प्रतिशत, ट्रेडिङ उपसमुह ६.०८ प्रतिशत, होटल तथा टुरिजम उपसमुह ०.१६ प्रतिशत, विकास बैंक उपसमुह ५.४९ प्रतिशत, हाइड्रोपावर ४.९६ प्रतिशत, फाइनान्स ५.१६ प्रतिशत, निर्जीवन बीमा उपसमुह ३.१३ प्रतिशत, म्यानुफ्याक्चर तथा प्रडक्शन १.९३ प्रतिशत, अन्य ३.१३ प्रतिशत, माइक्रोफाइनान्स १.३५ प्रतिशत, जीवन बीमा १.९९ प्रतिशत, म्युचल फण्ड १.३९ प्रतिशत र इनभेष्टमेन्ट उपसमुह ४.१४ प्रतिशतले उकालो लागेका छन्।

यस्तै कम्पनीतर्फ नेपाल हाइड्रो डेभलोपर्स र हिमालय उर्जा विकास लिमिटेड शतिप्रतिशतले बढेका छन् भने युनियन हाइड्रोपावर लिमिटेड ९.९८ प्रतिशतले बढेको छ ।