७ मंसिर, २०८१ शुक्रबार
03:35:57 PM
१६ असार, २०७९
काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले थप २ वटा जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । कम्पनीको असार १५ गते बसेको संचालक समितिको बैठकले मेवा डेभलपर्स लिमिटेडद्वारा २ वटा आयोजनामा लगानी गर्ने निर्णय गरेको हो ।
कम्पनीले मेवा डेभलपर्स लिमिटेडद्वारा प्रबर्दित मिडल मेवा हाइड्रोपावर आयोजना र सिवा खोला हाइड्रोपावर आयोजनामा ५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो ।
मिडल मेवा हाइड्रोपावर ७३.५ मेगावाटको आयोजना ताप्लेजुङमा अवस्थित छ। त्यस्तै सिवा खोला हाइड्रोपावर आयोजना ९.३ मेगावाटको आयोजना पनि ताप्लेजुङमा रहेको छ ।