७ मंसिर, २०८१ शुक्रबार

10:23:22 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बीपीडब्ल्यू लघुवित्तले आईपीओ निष्कासन गर्न बोर्डसँग माग्यो अनुमति

१६ असार, २०७९

लघुवित्त कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ९७ हजार कित्ता आईपीओ बिक्री गर्नेछ।

बीपीडब्ल्यू लघुवित्तले आईपीओ निष्कासन गर्न बोर्डसँग माग्यो अनुमति

काठमाडौं ।  बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। 

आईपीओ निष्कासनको अनुमति माग माग्दै बीपीडब्ल्यू लघुवित्तले गत असार ८ गते नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको हो। धितोपत्र बोर्डले अनुमति दिएमा उक्त लघुवित्तले सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ।

लघुवित्त कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ९७ हजार कित्ता आईपीओ बिक्री गर्नेछ। यो आईपीओको बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।