७ मंसिर, २०८१ शुक्रबार

10:54:43 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

१६ असार, २०७९

यसअघि आज (असार १६ गते बिहीबार) सम्म आवेदन दिन पाइने भनिएकोमा बिक्री नभएपछि म्याद थपेर असार २४ गतेसम्म पुर्याइएको छ ।

सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले असार २ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने म्याद थपिएको हो । यसअघि आज (असार १६ गते बिहीबार) सम्म आवेदन दिन पाइने भनिएकोमा बिक्री नभएपछि म्याद थपेर असार २४ गतेसम्म पुर्याइएको छ । 

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ३ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र बाग्लुङ जिल्ला ताराखोला गाँउपालिका र गल्कोट नगरपालिका जिल्लाका स्थानिय बासिन्दाहरुको लागि निष्कासन गरेको हो । 

आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गरेको छ । 

लगानीकर्ताहरुले यस आईपीओमा प्रभु बैंक लिमिटेड शाखा कार्यालय, ताराखोला, ग्लोबल आइएमई बैंक लिमिटेड शाखा कार्यालय, गल्कोट, कामना सेवा विकास बैंक, गल्कोट, एनआईबिएल एस क्यापिटल लाजिम्पाट र प्रभु बैंक लिमिटेड शाखा कार्यालय, गल्कोटबाट आवेदन दिन सक्नेछन्।