७ मंसिर, २०८१ शुक्रबार

10:54:34 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पुँजीबजार सुधार समितिसँग लगानीकर्ता संगठनले गर्यो छलफल, १८ बुँदे माग पेश

१५ असार, २०७९

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलका अनुसार उक्त छलफलमा सुझाव समितिले लगानीकर्ताहरुका मागहरु अल्पकालिन, मध्यकालिन र दिर्घकालिन गरेर सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेको बताउनुभयो ।

पुँजीबजार सुधार समितिसँग लगानीकर्ता संगठनले गर्यो छलफल, १८ बुँदे माग पेश

काठमाडौं । अर्थमन्त्रालयले गठन गरेको पूँजी बजार सुझाव समितिले आज (बुधबार) लगानीकर्ताका विभिन्न संगठनका प्रतिनिधीहरुसँग छलफल गरेको छ । अर्थमन्त्रालयमा आयोजित उक्त कार्यक्रममा सुझाव समितिले पुँजीबजारको विकासका लागि लगानीकर्ताहरुबाट सुझाव संकलन गर्न सो छलफल गरेको हो । 

सुझाव समितीसँगको छलफलमा नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल र नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलको सहभागिता थियो ।  सो छलफल कार्यक्रममा लगानीकर्ताहरु संगठनहरुले सुझाव समितिलाई विभिन्न १८ बुँदे सुझावहरु पेश गरेका छन् ।