७ मंसिर, २०८१ शुक्रबार

11:07:34 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयरबजारमा हरियाली छाउदा बुधबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

१५ असार, २०७९

सेयरबजारमा हरियाली छाउदा बुधबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार सेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन मंगलबार दोहोरो अंकले घटेको नेप्से परिसूचक बुधबार ४१ अंकले बढेको हो । 

बुधबार ४३ लाख ८६ हजार ४३९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४३ करोड रुपैयाँ माथिको कारोबार भएको छ । बुधबार बजारमा हरियाली छाउदा ङादी ग्रुप पावरको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको यसदिन ५ करोड ४२ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

त्यस्तै, बुधबार एशियन लाइफ इन्स्योरेन्सको ५ करोड २५ लाख, नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ७० लाख, अरुण भ्याली हाइड्रोपावरको ४ करोड ३६ लाख र हिमालयन डिस्टिलरीको ४ करोड ५५ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।