१६ कार्तिक, २०८१ शुक्रबार

07:14:07 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

४१.३९ अंकले बढ्यो नेप्से, १ अर्ब ४३ करोडको कारोबार

१५ असार, २०७९

४१.३९ अंकले बढ्यो नेप्से, १ अर्ब ४३ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बुधबार ४१.३९ अंकले बढेर १ हजार ९ सय ६२. ७१ विन्दुमा पुगेको हो । त्यस्तै, आज नेप्सेमा एक अर्ब ४३ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज कारोबार भएका १८१ कम्पनीको शेयरमूल्य बढेको छ भने ९ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये तीन कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । आँधीखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर १०१०.९० रुपैयाँ पुगेको छ भने सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ९५८.८० रुपैयाँ पुगेको छ भने बरुण हाइड्रोको शेयरमूल्य ९.४५ प्रतिशतले बढेर प्रतिकित्ता ४९० रुपैयाँ पुगेको छ ।  

नेप्सेका अनुसार मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसदिन कम्पनीको सेयरमूल्य १ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा बुधबार सबैभन्दा बढी ङादी ग्रुप पावरको भएको छ । यसदिन कम्पनीको ५ करोड ४२ लाख भन्दा बढीको कारोबार भएको छ ।