३० बैशाख, २०८१ आइतबार

06:14:43 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, मर्जर प्रस्ताव पारित

१५ असार, २०७९

कम्पनीका अध्यक्षले सभामा उपस्थित सम्पूर्ण सेयरधनीहरु तथा कर्तव्यनिष्ठ कर्मचारीहरुलाई धन्यवाद प्रदान गर्दै सभाको विसजर्न गर्नुभएको थियो ।

सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, मर्जर प्रस्ताव पारित

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । उक्त सभा आज (असार १५ गते बुधबार) कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा धुम्रबराह पार्टी प्यालेस, धुम्बाराही, काठमाडौंमा सम्पन्न भएको हो ।

उक्त सभामा कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने।गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्णय गर्न तथा तत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पत्ति र दायित्व मुल्याङ्कन गर्नको लागि मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न लगायतका मर्जर सम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।

त्यस्तै, कम्पनीका अध्यक्षले सभामा उपस्थित सम्पूर्ण सेयरधनीहरु तथा कर्तव्यनिष्ठ कर्मचारीहरुलाई धन्यवाद प्रदान गर्दै सभाको विसजर्न गर्नुभएको थियो ।