७ मंसिर, २०८१ शुक्रबार
11:04:22 PM
१५ असार, २०७९
अनुमति पाउने नयाँ कम्पनीहरूमा नबिल ब्यालेन्स फण्ड ३, गौरव नेपाल इन्भेष्टमेन्ट प्रा।ली, पशुपति भेन्चर क्यापिटल प्रा।ली, समृद्धि फाइनान्स, कामना सेवा विकास बैंक र सिद्धार्थ लगानी व्यवस्थाप योजना रहेका छन् ।
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले संस्थागत लगानीकर्ताको रूपमा काम गर्न थप ६ कम्पनीलाई स्वीकृति दिएको छ । यो सँगै संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न योग्य कम्पनीको संख्या १०६ पुगेको छ ।
अनुमति पाउने नयाँ कम्पनीहरूमा नबिल ब्यालेन्स फण्ड ३, गौरव नेपाल इन्भेष्टमेन्ट प्रा।ली, पशुपति भेन्चर क्यापिटल प्रा।ली, समृद्धि फाइनान्स, कामना सेवा विकास बैंक र सिद्धार्थ लगानी व्यवस्थाप योजना रहेका छन् ।
बोर्डमा दिएको निवेदनका आधारमा उनीहरुको वित्तीय तथा व्यवस्थापन पक्षको अध्ययन गरी निर्देशिका बमोजिमको कागजात तथा विवरण पेश गरेका ६ वटा संस्थालाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति दिएको हो ।