७ मंसिर, २०८१ शुक्रबार
10:49:48 PM
१५ असार, २०७९
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ ।
कम्पनीले चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १०० प्रतिशत अर्थात् १ः१ को अनुपातमा २६ करोड ७९ लाख ७ हजार ५ सय रूपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद निष्कासन गर्न जेठ ११ गते सेबोनमा निवेदन दिएको थियो । बोर्डले आज (असार १५ गते, बुधबार) हकप्रद निष्कासन गर्न हाइड्रोपावर कम्पनीलाई अनुमति दिएको हो ।
कम्पनीको हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।