७ बैशाख, २०८२ आइतबार
06:30:18 AM
१५ असार, २०७९
मागबमोजिम आवेदन नपरेको आईपीओमा आवेदन दिने म्याद थप गरेर असार २२ गतेसम्म पुर्याइएको धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटले जनाएको छ।
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयका जारी गरेको आईपीओमा आवेदन दिन म्याद थप गरिएको छ।
कम्पनीले गत असार १ गतेदेखि स्थानीयका लागि ५ करोड ८८ लाख रुपैयाँ बढीको आईपीओ बिक्री खुला गरेको थियो। मागबमोजिम आवेदन नपरेको आईपीओमा आवेदन दिने म्याद थप गरेर असार २२ गतेसम्म पुर्याइएको धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटले जनाएको छ।
कम्पनीले जारी पुँजी ५८ करोड ८० लाख ३६ हजार ९०० रुपैयाँको १० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल ५ लाख ८८ हजार ३७ कित्ता आईपीओ जारी गरेको छ। यो आईपीओमा आयोजना प्रभावित क्षेत्र कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं २, ३, ४ र ६ (साविक सार्दिखोला गाविस, घाचोक गाविस, लाहाचोक गाविस र धिताल गाविका) का बासिन्दाले आवेदन दिन पाउनेछन्।
स्थानीयले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। आईपीओका स्थानीयले काठमाडौंको सिनामंगलस्थित मन्दाकिनी हाइड्रोपावरको रजिस्ट्रार कार्यालय, कास्कीको लाहाचोकस्थित पोखरा फाइनान्स, हेम्जाको एनएमबि बैंक र लामाचोरस्थित प्राइम कमर्सियल बैंकबाट आवेदन दिन सक्नेछन् ।