७ मंसिर, २०८१ शुक्रबार
10:25:12 PM
१५ असार, २०७९
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले आज (असार १५ गते बुधत्रबार) देखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १९ लाख ६८ हजार २५० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि छिटोमा असार १९ गतेदेखि ढीलोमा असार २९ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।
इक्रा नेपालले आईपीओ कम्पनीको आईपीओलाई ‘इक्राएनपी आईआर बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। ।