७ मंसिर, २०८१ शुक्रबार

10:30:06 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

महुली लघुवित्तले ४ लाख कित्ता एफपिओ जारी निष्काशन गर्ने

१५ असार, २०७९

महुली लघुवित्तले ४ लाख कित्ता एफपिओ जारी निष्काशन गर्ने

काठमाडौं । महुली लघुवित्त वित्तिय संस्थाले थप सार्वजनिक निष्काशन (एफपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आज (बुधबार) एक सूचना प्रकाशित गर्दे एफपिओ निष्काशनका लागि बिक्रि प्रबन्धक नियुक्तिका लागि कोटेशन आह्वान गरेको छ । 

लघुवित्त कम्पनीले ४,१६,१४७ कित्ता थप सार्वजनिक निष्काशन (एफपिओ) जारी गर्न लागेको हो । सर्वसाधारणलाई छुट्याईएको कुल सेयर मध्ये बाँकी ४,१६,१४७ कित्ता सेयर थप सार्वजनिक निष्काशन गर्न विक्री प्रबन्धक नियुक्त गर्नु पर्ने भएकोले इच्छुक अनुभवी निष्काशन तथा विक्री प्रबन्धक (मर्चेन्ट बैंकर कम्पनी) ले आफ्नो कम्पनीको प्रोफाइल सहित सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र दर रेट पेश गर्न कम्पनीले आग्रह गरेको छ ।