२९ बैशाख, २०८१ शनिबार

05:35:51 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जीवन बीमा कम्पनीहरूको बीमाशुल्क १ खर्ब १९ अर्ब माथि, कुनको कति ?

१४ असार, २०७९

यो गत आर्थिक वर्षको सोअीअवधिको तुलनामा १६.७५ प्रतिशतले बढी हो ।

जीवन बीमा कम्पनीहरूको बीमाशुल्क १ खर्ब १९ अर्ब माथि, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको ११ महिना (जेठदेखि असार) सम्ममा १ खर्ब १९ अर्ब ४७ करोड ८१ लाख रूपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका छन् । यो गत आर्थिक वर्षको सोअीअवधिको तुलनामा १६.७५ प्रतिशतले बढी हो । 

गत आर्थिक वर्षको सोहीअवधिमा जीवन बीमा कम्पनीहरूले कुल १ खर्ब २ अर्ब ३४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए । यसअवधिसम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले यस अवधिमा ३० अर्ब ६७ करोड ९० लाख रुपैयाँ भन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । यो जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको २५.६८ प्रतिशत हो । 

गत आर्थिक वर्षको जेठसम्ममा कम्पनीले २७ अर्ब ५७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । सन नेपाल लाइफ इन्स्योरेन्सको बीमाशुल्क यस अवधिमा ८९.९५ प्रतिशतले बढेर ३ अर्ब ५३ करोड ३० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ८६ करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै, महालक्ष्मी लाइफ, सिटिजन लाइफ, प्रभु लाइफ र आइएमई लाइफको बीमाशुल्क पनि बढेको छ ।

सबैभन्दा कम बीमा शुल्क बढाउनेमा भने एलआईसी नेपाल रहेको छ । एलआईसी नेपालको बीमाशुल्क यस अवधिमा ०.६९ प्रतिशतले मात्रै बढेर १४ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधीमा एलआईसी नेपालले १४ अर्ब ६९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको ११ महिनासम्ममा गुराँस लाइफ इन्स्योरेन्सको व्यवसाय भने घटेको छ । गुराँस लाइफको बीमाशुल्क १३.७९ प्रतिशतले घटेर २ अर्ब ७३ करोड २७ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा गुराँस लाइफले ३ अर्ब १७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको ११ महिनामा जीवन बीमा कम्पनीहरुले कुल एक खर्ब १९ अर्ब ४७ करोड ८१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । त्यसमध्ये २८.३४ प्रतिशत अर्थात ३३ अर्ब ८५ करोड ९१ लाख रुपैयाँ प्रथम बीमा शुल्कबाट मात्रै संकलन भएको छ ।

यस्तै, नविकरण शुल्क वापत जीवन बीमा कम्पनीहरूले ८५ अर्ब ६१ करोड ९० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ ।

यस अवधिमा एक करोड २६ लाख ३२ हजार ३७३ वटा सक्रिय बीमालेख रहेको छ।