३० बैशाख, २०८१ आइतबार

08:15:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन

१४ असार, २०७९

नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ४ सय १२ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

नेप्सेमा लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीको ९.५० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ७६ रूपैयाँ २६ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ४ सय १२ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीको १७ औँ वार्षिक साधारण सभा असार २९ गते, अमृतभोग क्याटरिङ कालिकास्थान, डिल्लीबजार काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

साथै सभाले कुनै उपयुक्त बीमा कम्पनीलाई प्राप्ति गर्ने वा गाभ्ने।गाभिने प्रयोजनका लागि कम्पनी छनोट, समझदारीपत्रमा हस्ताक्षर, सम्पत्ति र दायित्व मूल्यांकनलगायतका सम्पूर्ण कार्य गर्ने पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने, गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ।