७ मंसिर, २०८१ शुक्रबार
11:08:55 PM
१४ असार, २०७९
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले योग्य संस्थागत लगानीकर्ताहरुलाई दर्ता हुन फेरि पनि आग्रह गरेको छ । नेप्सेले आज (सोमबार) नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका योग्य संस्थागत लगानीकर्तालाई दर्ता हुन आउन दोस्रो पटक आग्रह गरेको हो ।
बुक बिल्डिङ्ग निर्देशिका, २०७७ बमोजिम योग्य संस्थागत लगानीकर्ताहरूलाई शिलबन्दी बोलकबोल मार्फत धितोपत्रका लागि आवेदन गर्नका लागि नेप्सेमा दर्ता गर्ने प्रयोजनका लागि नेप्सेमा निवेदन पेश गर्न सबै योग्य संस्थागत लगानीकर्ताहरूलाई नेप्सेले आग्रह गरेको छ ।
हालसम्म धितोपत्र बोर्डले १०० वटा कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको अनुमति दिएको छ। तीमध्ये ५७ वटा योग्य संस्थागत लगानीकर्ता नेप्सेमा दर्ता भएका छन्।