७ मंसिर, २०८१ शुक्रबार
10:40:13 PM
१४ असार, २०७९
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१।३१ विन्दुमा पुगको छ ।
मंगलबार २३० कम्पनीको ३० लाख ३७ हजार ६८० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५ करोड ८२ लाख ६३ हजार ५२२ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार एशियन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसदिन कम्पनीको ७ करोड ३१ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।
त्यस्तै, मंगलबार लाइफ इन्स्योरेन्स कर्पोरेशनको ५करोड ४३ लाख, नागरिक लगानी कोषको ५ करोड ३४ लाख, नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ३७ लाख र ङादी ग्रुप पावरको ३ करोड ५१ लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।