७ मंसिर, २०८१ शुक्रबार
10:30:09 PM
१४ असार, २०७९
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार पनि सेयर बजारको ओरालो यात्रामा नै निरन्तरता छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१.३१ विन्दुमा पुगको छ ।
मंगलबार कूल २३० वटा कम्पनीको ३० लाख ३७ हजार ६ सय ३० कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ५ करोड ८२ लाख ४६ हजार ४ सय ७२ रूपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार कारोबार भएका कूल १३ उपसमूहमध्ये २ वटा उपसमूहको सेयर बढ्दा बाँकी ११ वटा उपसमूहको सेयर घटेको छ । मंगलबार एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यसदिन ७ करोड ३१ लाख ३३ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
आज सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ८ सय ७१ रूपैयाँ ७० पैसा पुगेको छ ।