७ मंसिर, २०८१ शुक्रबार

10:38:34 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा ३ कम्पनीको बोनस सूचिकृत, कुनको कति ?

१४ असार, २०७९

नेप्सेमा ३ कम्पनीको बोनस सूचिकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) विभिन्न ३ वटा कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा एभरेष्ट इन्स्योरेन्स​ कम्पनी लिमिटेड, समिट लघुवित्त वित्तीय संस्था लिमिटेड र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर 

१. एभरेष्ट इन्स्योरेन्स​ कम्पनी लिमिटेड

नेप्सेमा एभरेष्ट इन्स्योरेन्स​ कम्पनी लिमिटेडको ६ प्रतिशत बोनस बापतको ७ लाख १० हजार एक सय ६२ दशमलव ६४ कित्ता सेयर सूचिकृत भएको हो ।

२. समिट लघुवित्त वित्तीय संस्था लिमिटेड

नेप्सेमा समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको २५.२८५४ प्रतिशत बोनस बापतको ९ लाख ९७ हजार कित्ता सेयर सूचिकृत भएको हो ।

३. जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस बापतको २ लाख ९५ हजार ८ सय १२ कित्ता सेयर सूचिकृत भएको हो ।